डडेल्धुराः निर्वाचन आयोगले डडेल्धुराका अध्यक्ष र उपाध्यक्षका ४० उम्मेदवारलाई साढे तीन लाखका दरले जरिवाना तोकेको छ।
पटक–पटक सूचनामार्फत ताकेता गर्दा पनि निर्वाचन खर्च बुझाउन बेवास्ता गरेको भन्दै आयोगले जरिवाना तोकेको हो।
अजयमेरु गाउँपालिका
आयोगले निर्वाचन खर्च नबुझाएकामा अजयमेरु गाउँपालिकामा माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार बनेका उमेशप्रसाद भट्ट, स्वतन्त्र उम्मेदवारी दिएका प्रकाशबहादुर ऐर, नेपाली काँग्रेसबाट उम्मेदवार बनेका टेकराज पाण्डेय र नेकपा एमालेबाट उम्मेदवार बनेका पदमबहादुर पाललाई जरिवाना तोकेको छ।
माओवादी केन्द्रबाट उपाध्यक्षको उम्मेदवार बनेकी कलावती भाँण, नेपाली काँग्रेस (विपी)का उम्मेदवार रामचन्द्र ऐर र नेपाली काँग्रेसकी उम्मेदवार बसन्ती पाललाई पनि जरिवाना तोकेको छ।
आलिताल गाउँपालिका
आयोगले डडेल्धुराको आलिताल गाउँपालिकामा माओवादी केन्द्रबाट उम्मेदवार बनेका शेरसिंह पार्की, नेपाली काँग्रेसका बलबहादुर गुरुङ, नेकपा एमालेका मिनबहादुर बोगटी, राष्ट्रिय प्रजातन्त्र पार्टीका जितबहादुर थापा मगरलाई जरिवाना तोकेको छ।
नेकपा एमालेबाट उपाध्यक्षको उम्मेदवार बनेकी शान्ती भट्ट (जोशी), नेपाली काँग्रेसकी उम्मेदवार जलाकुमारी बिष्ट (बोगटी), एकीकृत समाजवादीकी लक्ष्मी बिष्ट (धामी), नेकपा माओवादी केन्द्रकी उम्मेदवार मैना कुमारी रावल र राप्रपाकी रेवतीदेवी थापालाई पनि जरिवाना तोकेको छ।
गन्यापधुरा गाउँपालिका
डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा नेपाली काँग्रेस (विपी)बाट अध्यक्षमा उम्मेदवार बनेका सुरेन्द्र माली, राष्ट्रिय प्रजातन्त्र पार्टीका कुष्णदेव भट्ट, राष्ट्रिय जनमोर्चाका टंकप्रसाद अवस्थी र नेपाली काँग्रेसका इन्द्रबहादुर कार्कीलाई जरिवाना तोकेको छ।
उपाध्यक्षमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका चन्द्रबहादर मल्ल र नेपाली काँग्रेसकी ज्ञानुकुमारी सेटीलाई पनि आयोगले जरिवाना तोकेको छ।
नवदुर्गा गाउँपालिका
आयोगले नवदुर्गा गाउँपालिकामा नेपाली काँग्रेस (विपी)बाट अध्यक्षमा उम्मेदवार बनेका गोकुलबहादुर शाही, एकीकृत समाजवादीका कबीन्द्रबहादुर बिष्ट, माओवादी केन्द्रका धर्मदेव लुहार, राष्ट्रिय जनमोर्चाका हेमराज भट्ट, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मणबहादुर ऐर र नेपाली काँग्रेसका लक्ष्मीप्रसाद अवस्थीलाई जरिवाना तोकेको छ।
नेकपा एमालेबाट उपाध्यक्षमा उम्मेदवार बनेका बीरबहादुर बिष्ट, एकीकृत समाजवादीकी चन्द्रादेवी रूपाली र माओवादी केन्द्रकी बिसनादेवी बोहरालाई जरिवाना तोकेको छ।
भागेश्वर गाउँपालिका
आयोगले भागेश्वर गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्षमा उम्मेदवार बनेका रामबहादुर शाही, राष्ट्रिय प्रजातन्त्र पार्टीका केशवराज पाण्डेय, स्वतन्त्र उम्मेदवार खडकबहादुर ठकुराठी, स्वतन्त्र उम्मेदवार बिष्णुबहादुर ठकुराठी र माओवादी केन्द्रका बिष्णुप्रसाद पाण्डेयलाई जरिवाना तोकेको छ।
नेपाली काँग्रेस (विपी)बाट उपाध्यक्षको उम्मेदवार बनेका नरेन्द्र ठकुराठी, नेपाली काँग्रेसकी उम्मेदवार पुष्पा ठकुराठी र माओवादी केन्द्रकी गीता भट्टलाई पनि जरिवाना तोकेको छ।