Radio Unity 92.2MHz

आलितालमा नक्सा पास नगरी घर/भवन बनाउनेलाई कारबाही

डडेल्धुरा: डडेल्धुराको आलिताल गाउँपालिकाले नक्सा पास नगरी निर्माण कार्य गर्नेलाई कारबाही गर्ने भएको छ। कार्यपालिकाको बैठकले नै कारबाही गर्ने निर्णय गरेको हो।

मंगलबार एक सूचना जारी गर्दै गाउँपालिकाले ९० दिनभित्र नक्सा पास गर्न भनेको छ। यदि नगरेको पाइएमा गाउँपालिकाले नियमानुसार कारबाही तथा जरिवाना गर्ने चेतावनीसमेत दिएको छ।

निर्माण सम्पन्न भइसकेका घर र भवनको नक्सा तथा आवश्यक कागजातहरूसहित अनिवार्य रूपमा तोकिएको समयावधि ९० दिनभित्र पेश गर्न सबैलाई आग्रह गरिएको गाउँपालिका अध्यक्ष शेरसिंह पार्कीले जानकारी दिए ।

उनका अनुसार गाउँपालिका क्षेत्रमा भवन निर्माण गर्नु पूर्व गाउँपालिकाको स्वीकृति अनिवार्य रूपमा लिएर मात्रै निर्माण कार्य सुरु गर्न सुचित गरिएको छ।

गाउँपालिकाले जारी गरेको सूचना :

सम्बन्धित पाेष्टहरु
Loading...