Radio Unity 92.2MHz

घटाल माविका बालबालिकालाई पोसाक सहयोग

डडेल्धुरा: घटाल माध्यमिक विद्यालय अमरगढी–३ नुवाकोट डडेल्धुराका बालबालिकालाई विद्यालय पोसाक वितरण गरिएको छ।

बुधबार घटाल बस्त्रालयका प्रोपराइटर दिपकराज जोशीले विद्यालमा अध्ययनरत विपन्न १३ जना बालबालिकालाई पोसाक वितरण गरेका हुन्।

जोशीले विगत चार वर्षदेखि विद्यालयम अध्ययरनत विपन्न बालबालिकालाई सहयोग गर्दै आएको विद्यालयका शिक्षक देवराज पाण्डेयले बताए। उनकाअनुसार उनले हरेक वर्ष १० देखि २० जना बालबालिकालाई विद्यालय पोसाक उपलब्ध गराउँदै आएका छन्।

जोशी घटाल माध्यमिक विद्यालयका पूर्व विद्यार्थी समेत हुन्।

सम्बन्धित पाेष्टहरु
Loading...