डडेल्धुरा: डडेल्धुरामा संयुक्त बजार अनुगमनलाई तीव्रता दिइएको छ। नेपालीहरूका महान् चाडपर्व नजिकिएसँगै जिल्लामा संयुक्त बजार अनुगमनले तीव्रता पाएको हो।

बिहीबार जिल्ला सदरमुकामको तुफानडाँडादेखि विद्युत् रोड हुँदै अमरगढी मार्गसम्म जिल्ला प्रशासन, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालयल तथा नेपाल पत्रकार महासंघका प्रतिनिधिको संयुक्त टोलीले अनुगमन गरेको हो।

१५ वटा व्यवसायिक फर्मको अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख केशवबहादुर भण्डारीले जानकारी दिए। उनका अनुसार संयुक्त बजार अनुगमन टोलीले १ हजार तीन सय रूयैयाँ बराबरको अखाद्य वस्तु बरामद गरिएको छ।

उपभोग्य गर्ने मिति नाघेका सुजी, बिस्कुट, भुजालगायतका वस्तु बरामद गरिएको कार्यालयका प्रमुख भण्डारीले बताए। संयुक्त बजार अनुगमन टोलीले केही दिनअघि अमरगढी नगरपालिका–७ को पोखरा बजारबाट १२ हजार मूल्य बढीका अखाद्य वस्तु बरामत गरी नष्ट गरेको थियो।
