डडेल्धुराः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) डडेल्धुराले पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन गठन गरेको छ।
बिहीबार राप्रपा डडेल्धुराले पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन गठन गरेको हो।
राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन डडेल्धुराको अध्यक्षमा बिन्दु अवस्थीलाई चयन गरेको राप्रपाका केन्द्रीय सदस्य गोविन्द खडायतले जानकारी दिए।
उनकाअनुसार अवस्थीसहित महिला संघको १६ सदस्यीय समिती गठन गरिएको छ। संघको उपाध्यक्षमा कविता जोशी र गीता नगरकोटी, सचिवमा सरिता रैसाल (जप्रेल) र कोषध्यक्षमा ज्ञानु जैरु चयन भएका छन्।
सदस्यमा राधा श्रेष्ठ, राधा कठायत, गीता जैरु, पार्वती जैरु, खगी खड्का, दिपिका खड्का, जयन्ती बोहरा (खड्का), पार्वतीदेवी पनेरु, रक्षा खडायत, कल्पना नागरी, भागरथी चन्द ठकुरानी र पुनीदेवी नगरकोटीलाई चयन गरिएको खडायतले बताए।