Radio Unity 92.2MHz

जनक ताम्राकारको नयाँ गीत ‘सम्झनाकी खोली’ सार्वजनिक [भिडियोसहित]

डडेल्धुराः गायक जनक ताम्राकारको नयाँ गीत सम्झनाकी खोली सार्वजनिक भएको छ। नेपालको पश्चिमी पहाडको सुबाश झल्काउने मौलिक ठाडी भाका सम्झनाकी खोली युट्युबमा हालै सार्वजनीक भएको हो।

यस गीतलाई तुला ताम्राकारले रचना गरेका हुन् भने संगीत महेश ताम्राकार र जनक ताम्राकारले भरेका छन्। यस गीतमा अनेक कठिनाइ छिचोलेर प्राप्त गर्ने सानो तर अतुलनीय खुसी चित्रण गर्ने प्रयास गरिएको संगीतकार महेश ताम्राकारले बताए। गीतमा शब्दको भावनालाई कायम राख्दै ग्रामीण पश्चिम नेपालको यथार्थ बोल्ने कोसिस गरीएको संगीतकार ताम्राकारको भनाइ छ।

यसैगरी यस गीतको भिडियोमा सेबिता अधिकारी र घनश्याम जोशीको मुख्य भूमिका रहेको छ। यस गीतको भिडियो निर्देशन लोकेश बज्रचार्यले गरेका हुन् भने छायांकन आशिष बस्न्यातले गरेका हुन्। यस गीतको भिडियो निर्माण भने आइएनजी स्टुडियोजले गरेको हो। गायक ताम्राकारले गीतले आम दर्शक स्रोताको मन जित्ने विश्वास व्यक्त गरे। उक्त गीतको भिडियोमा ग्रामीण समाजको यथार्थ सरल र मनमोहक प्रकारले चित्रण गरिएको छ। यसअघि ताम्राकार बन्धुका काफल कम्ला, माया होलगायतका गीत निकै रुचाइएका गीत हुन्।

भिडियो

सम्बन्धित पाेष्टहरु
Loading...