काठमाडौंः टिकटकबाट चम्किएकी मोडल मिस पवि (पवित्रा साँकी) फिल्ममा डेब्यू गर्दै छिन्। सविनकुमार तोलांगीको फिल्म ‘राजमहल’बाट उनले डेब्यू गर्न लागेकी हुन्।
उनीसँगै अर्की टिकटकर सिम्रन पन्तले पनि सोही फिल्ममा डेब्यू गर्दै छिन्। फिल्मको घोषणा गर्न काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मिस पवि र सिम्रनले टिकटकलाई धन्यवाद दिँदै फिल्ममा काम गर्न लागेको जानकारी दिएका हुन्।
दरबारको कथावस्तुमा बन्न लागेको फिल्ममा सलोन बस्नेत, आँचल शर्मा, रमेश उप्रेतीलगायतको अभिनय रहने जनाइएको छ।