Radio Unity 92.2MHz

अविनाश थापाद्वारा अभिनित म्यूजिक भिडिओ सार्वजनिक

डडेल्धुराः मोडल अविनाश थापा काजीको अभिनय रहेको म्यूजिक भिडिओ ‘पागल’ सार्वजनिक भएको छ।

स्नेहा क्षेत्रीको आवज रहेको उक्त म्यूजिक भिडिओमा थापासँगै मनीषा कार्की र भावना बान्तोलाको अभिनय छ। रमेश बिजुली विसीको कथा/निर्देशन रहेको उक्त म्यूजिक भिडिओ रिदम अस्मित साउद युट्युब च्यानलमार्फत् आइतबार सार्वजनिक भएको हो।

बझाङको खप्तड छन्ना गाउँपालिका–४ का थापा हल भारतको बैंग्लोरमा बस्दै आएका छन्। उनीसँग ६ वर्षको मोडलिङ अनुभव रहेको छ। उनले हालसम्म १८ वटा गीतमा मोडलिङ गरिसकेका छन्।

उनले ५ वटा गीत आफ्नै निर्देशन गरेका छन्। म्यूजिक भिडिओ ‘पागल’ लाई पनि दर्शकहरूले रुचाएका छन्।

हेर्नुस् भिडिओ

सम्बन्धित पाेष्टहरु
Loading...