डडेल्धुरा: जिल्ला प्रशासन कार्यालय डडेल्धुराले हातहतियार बुझाउन आग्रह गरेको छ। आगामी संसदीय निर्वाचनलाई मध्यनजर गरेर प्रशासनले सो आग्रह गरेको हो।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण, मर्यादित भयरहित र विश्वसनीय बनाउनका लागि प्रशासनले शुक्रबार इजाजत प्राप्त हतियार बुझाउन सूचना जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जारी गरेको सूचनामा घरमा राखिएका विभिन्न किसिमका हातहतियारहरू निर्वाचन सकिएपछि सम्बन्धित व्यक्तिलाई फिर्ता दिनेगरी बुझाउन भनिएको हो।
निर्वाचनमा शान्तिपूर्ण वातावरण तयार गरी भरपर्दो र विश्वसनीय बनाउन भन्दै प्रशासनले कार्तिक ५ गतेभित्र पायक पर्ने नजिकको प्रहरी इकाइमार्फत् जिल्ला प्रहरी कार्यालय वा जिल्ला प्रशासनमा हातहतियार बुझाउन अनुरोध गरेको हो।
हातहतियार बुझाउनेसम्बन्धी सूचना :