Radio Unity 92.2MHz

अमरगढी–३ मा वडास्तरीय खुला पुरुष भलिबल प्रतियोगिता सुरु

डडेल्धुराः डडेल्धुराको अमरगढी नगरपालिका–३ मा वडास्तरीय शुभकामना कप खुला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ।
आइतबारदेखि रामलिला खेल मैदान ‘बगर’मा प्रतियोगिता सुरु भएको हो।

अमरगढी नगरपालिका–३ को आयोजनामा भइरहेको प्रतियोगितामा ११ टीमको सहभागिता रहेको वडाअध्यक्ष तीर्थबहादुर ऐरले बताए। आइतबारदेखि सुरु भएको प्रतियोगिता सोमबारसम्म चल्ने उनको भनाइ छ।

वडाअध्यक्ष ऐरका अनुसार प्रतियोगीताको प्रथम पुरस्कार नगद रु. ११ हजार एक सय ११ सहित प्रमाणपत्र तथा द्धितीय पुरस्कार नगद रु ५ हजार ५ सय ५५ सहित प्रमाणपत्र रहेको छ।

कार्यक्रमको उद्घाटन अमरगढी नगरपालिकाका नगरप्रमुख डिल्लीराज जोशीले गरेका थिए। यसैबीच शिखर एग्रिकल्चर फाइनल प्रवेश गरेको छ। समूह चरणमा लगातार दुई खेल जितेको शिखरले सेमिफाइनलमा बाइ पाउँदै फाइनल प्रवेश गरेको हो।

अब उसले भोलि हुने सेमिफाइनलको बिजेतासँग उपाधिका लागि भिड्नेछ। भोलि सेमिफाइनलमा घटाल मावि नुवाकोट ए र टिम लेजेन्डसबीच खेल हुनेछ।

घटाल मावि नुवाकोट ए सेटी ब्रदर्सलाई हराउँदै सेमिफाइनल पुगेको हो भने टिम लेजेन्डले शिवनाथ युवा क्लबलाई हराउँदै सेमिफाइनलमा सिट सुरक्षित गरेको हो।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।