Radio Unity 92.2MHz

डडेल्धुरामा बाघको आक्रमणबाट एकजना गम्भीर घाइते

डडेल्धुराः डडेल्धुरामा बाघको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन्। जिल्लाको गन्यापधुरा गाउँपालिका–४ का नरबहादुर धानुक बाघको आक्रमणबाट गम्भीर घाइते भएका हुन्।

उनलाई शुक्रबार दिँउसो गाउँ नजिकैको जंगलमा बाघले आक्रमण गरेको गन्यापधुरा–४ का वडाध्यक्ष नरेश भट्टले जानकारी दिए।

गम्भीर घाइते धानुकलाई स्थानीय स्वास्थ्यचौकीमा सामान्य उपचारपछि थप उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइयो। यहाँ पनि उपचार सम्भव नभएपछि धनगढी लगिएको बताइएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...