डडेल्धुरा: डडेल्धुराका एक बालकको आर्थिक अभावले उपचारमा समस्या भएको छ। जिल्लाको परशुराम नगरपालिका–१ पाथीका गणेश कार्कीका १० वर्षीय छोरा लक्ष्मण कार्कीको उपचारमा समस्या भएको हो।
भदौ १० गते उनको हात रुखबाट लडेर हात भाँच्चिएको थियो। भदौ १२ गते धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उनको हातको अप्रेसन गरियो। तर, अप्रेसन गर्दा पनि उनलाई निको भएन।
अप्रेसन गरिएको स्थानमा सड्न सुरु भएपछि हाल अहिले चितवनको एलाइभ अस्पतालमा बालकको उपचार भइरहेको उनका मामा केशव विष्टले जानकारी दिए। उनको आर्थिक अवस्थान निकै कमाजोर रहेको छ।
उनका बुवा मानसिक बिरामी छन्। उनका बुवा पनि चितवन मेडिकल कलेज (सीएमसी) अस्पतालमा उपचररत छन्। परिवारको आर्थिक अवस्था निकै दयनीय रहेकाले बालकको उपचारमा सहयोग गरिदिन सबैलाई आग्रह गरिएको छ।
‘भिनाजुको घरमा बिहान–बेलुका छाक टार्ने समस्या छ, यस्तोमा भान्जालाई रुखबाट लडेर चोट लाग्यो। भएको पैसा सबै धनगढीमै उपचार गर्दागर्दै सकियो। अब उपचार गर्न पैसा छैन’ मामा विष्टले भने, ‘सबैको सहयोग पाए, भन्जालाई बचाउन सकिन्थ्यो होला डाक्टरले दुई–तीन लाखसम्म लाग्ने भनेको छ त्यति पैसा हामीसँग छैन।’
तलको खान नम्बरमा सहयोग गर्न सकिनेछ :
A/c Name : Dhauli Bist Karki
Account No : 07560000321524
Bank of kathmandu LTD
Mobile No : 9810789333