Radio Unity 92.2MHz

डडेल्धुरामा गठबन्धनका उम्मेदवारको टुंगो

डडेल्धुराः प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा सत्ता गठबन्धनका उम्मेदवारको टुंगो लागेको छ।

प्रतिनिधिसभामा शेरबहादुर देउवाले चुनाव लड्ने भएका छन्। डडेल्धुरा प्रदेशसभा १ मा नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम इञ्जार्च खगराज भट्ट उम्मेदवार बन्ने भएका छन्। उनी २०६४, ०७० र ०७४ मा तीनपटक नै शेरबहादुर देउवासँग पराजित भएका थिए।

प्रदेशसभा २ मा कांग्रेसको तर्फबाट गोविन्दराज बोहरा उम्मेदवार बन्ने छन्।  उनी हाल सुदूरपश्चिम प्रदेश सरकारको समाजिक विकासमन्त्रीसमेत छन्। ०४८ सालदेखि देउवा डडेल्धुरामा निरन्तर चुनाव जित्दै आएका छन्।

यो पनि पढ्नुहोस् : डा. तारा जोशीले डडेल्धुराको प्रदेशसभा २ मा स्वतन्त्र उम्मेदवारी दिने

सम्बन्धित पाेष्टहरु
Loading...