डडेल्धुराः डडेल्धुराको प्रदेशसभा २ बाट स्वतन्त्र उम्मेदवारी दिएका डा तारा जोशीले चुनाव चिह्न ‘लाल्टिन’ पाएका छन्। सत्ता गठबन्धनबाट टिकट नपाएपछि डा. जोशीले प्रदेशसभा २ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए।
एकीकृत समाजवादीका केन्द्रीय सदस्यसमेत रहेका जोशीले २०७४ मा सोही क्षेत्रमा एमालेबाट चुनाव लडेका थिए। त्यतिबेला उनी झिनो मतले पराजित भएका थिए। जोशी बैद्धिक नेताका रूपमा परिचित छन्।