डडेल्धुरा: डडेल्धुरामा जनचेतनामूलक डेमो प्रदर्शन गरिएको छ। बुधवार जिल्ला सदरमुकाम बागबजारस्थित बस पार्कमा दुईवटा डेमो प्रदर्शन गरिएको हो।
जिल्ला विपद् व्यवस्थापन समिति डडेल्धुराको आयोजनामा नेपाली सेना रणबम गण, दह ब्यारेक, नेपाल प्रहरी र शसस्त्र प्रहरीले संयुक्त रूपमा बाढीपहिरो र सडक दुर्घटनाका घाइतेहरूको उद्धार तथा प्राथमिक उपचार गरी गर्ने भनेर डेमो देखाइएको हो।
बाढीपहिरो र सडक दुर्घटनाका घाइतेहरूको उद्धार तथा प्राथमिक उपचार गरी गर्ने भनेर डेमोमार्फत् जनचेतनामुलक कार्यक्रम गरिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए।
विभिन्न किसिमका विपद् तथा सवारी दुर्घटनालाई सहजरूपमा अवतरण गर्न सकियोस् भन्ने उद्देश्यले डोमो प्रदर्शन गरिएको उनले बताए।