डडेल्धुरा: डडेल्धुरास्थित महेन्द्र मावि खलंगामा प्रशिक्षक पदमा कार्यतर इन्जिनियर दुर्गा ओझाको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ।
शुक्रबार बिहान धनगढी उपमहानगरपालिका–१३ कैलालीगाँउमा मोटरसाइकल दुर्घटना हुँदा सोही ठाउँ बस्ने ३१ वर्षीय ओझाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीका अनुसार शुक्रबार बिहीन कैलालीगाउँ जाने भित्री सडकखण्डमा ओझाले चलाएको से ६ प ३९३६ नम्बरको मोटरसाइकल नालीमा पल्टिएको थियो।
टाउको र अनुहारमा चोट लागेर गम्भीर घाइते अवस्थामा उनलाई स्थानीयले फेला पारेका थिए । उनलाई उपचारका लागि मायामेट्रो अस्पताल ल्याइएको र चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ। ओझाको पहाड घर डडेल्धुराको अमरगढी नगरपालिका भएको बताइएको छ।