Radio Unity 92.2MHz

गन्यापधुरामा खुल्ला भलिबल प्रतियोगिता आयोजना हुने, प्रथमलाई एक लाख पुरस्कार

डडेल्धुराः गन्यापधुरा गाउँपालिकामा डडेल्धुरा जिल्लास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। डडेल्धुरा यूथ एसोसियसनले खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो।

प्रतियोगिता कार्तिक २ देखि ४ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ। प्रतियोगिताको प्रथम हुने टिमलाई एक लाख, द्धितीयलाई ५० हजार र तेस्रोलाई २५ हजार नगद पुरस्कार प्रदान गरिने यूथ एसोसियसनका अध्यक्ष डम्बर देउवाले बताए।

उनका अनुसार टिम दर्ता शुल्क २ हजार ५ सय राखिएको छ। प्रतियोगिताका खेलहरू गन्यापधुरा गाउँपालिका–२ बडालको खेल मैदानमा हुनेछन्।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।