Radio Unity 92.2MHz

आलिताललाई हराउँदै परशुरामले जित्यो दिजगंगा मेमोरियल क्रिकेटको उपाधि

डडेल्धुरा: डडेल्धुरामा सम्पन्न प्रथम दिजगंगा मेमोरियल टी–२० जिल्लास्तरीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि परशुराम नगरपालिकाले जितेको छ । बुधबार बिहान भएको फाइनल खेलमा आलिताल गाउँपालिकालाई ७ विकेटले हराउँदै परशुरामले उपाधि उचालेको हो ।

फाइनलमा आलितालले दिएको १ सय २३ रनको लक्ष्य परशुरामले १८ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्‍यो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आलितालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २२ रन बनाएको थियो ।

उपाधि जितेको परशुरामले नगद ५१ हजार १ सय ५१ रुयैयाँका साथै ट्रफी र प्रमाणपत्र पाएको छ । उपविजेता बनेको आलितालले नगद २५ हजार ५ सय ५१ रुयैयाँका साथै ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।

भागेश्वरलाई ७ विकेटले पराजित गर्दै परशुरामले फाइनलमा स्थान बनाएको थियो भने अजयमेरुलाई ४७ रनले हराउँदै आलिताल फाइनलमा पुगेको थियो।

फाइनल खेलमा परशुरामका कृष्ण विष्ट ‘म्यान अफ द म्याच’ घोषित भए । आलितालका निरज ऐरले बेस्ट बलर घोषित हुँदा आलितालकै सचिन साँउद प्रतियोगिताका उत्कृष्ट ब्याटर बने । ऐर र साउँदले जनही २ हजार ५ सय नगदसहित ट्रफी पाए । परशुरामका अर्जुन विक ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भए । उनले नगद पाँच हजारसहित ट्रफी पाएका छन् ।

डडेल्धुरा जिल्ला क्रिकेट संघको आयोजनामा क्रिकेट प्रतियोगिता असोज २९ गतेदेखि सुरु भएको थियो । प्रतियोगितामा जिल्ला सातवटै स्थानीय तहका टिमहरूले सहभागिता जनाएका थिए । प्रतियोतिगा सम्पन्न गर्न सहयोग गर्ने सबैलाई जिल्ला क्रिकेट संघका अध्यक्ष हरिप्रसाद उप्रेतीले धन्यावद दिए। प्रतियोगिताका खेलहरू अमरगढी नगरपालिका–३ रामलिला खेल मैदानमा भएका थिए।

सम्बन्धित पाेष्टहरु
Loading...