Radio Unity 92.2MHz

सुदूरपश्चिम प्रादेशिक क्रिकेट छनोट खेल्ने डडेल्धुराको टिम घोषणा

डडेल्धुराः प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको सुदूरपश्चिम प्रदेशस्तरीय छनोट खेल्ने डडेल्धुराको टिम घोषणा भएको छ। डडेल्धुरा जिल्ला क्रिकेट संघले बुधबार निर्मल रोक्काको कप्तानीमा १४ सदस्यीय टोली घोषणा भएको हो।

बुधबार सम्पन्न दिजगंगा मेमोरियल टी–२० जिल्लास्तरीय पुरुष क्रिकेट प्रतियोगितामा गरेको प्रदर्शनको आधारमा खेलाडी छनोट गरी टिम घोषणा गरिएको जिल्ला क्रिकेट संघका अध्यक्ष हरिप्रसाद उप्रेतीले जानकारी दिए।

टिमको उपकप्तानको जिम्मेवारी सचिन साउँदलाई दिइएको छ। टिममा दिलबहादुर बोहरा, विशाल ऐर, अर्जुन विक, उमेश बुढा, गणेश देउवा, कैलाश ऐर, रवि साउँद, थानेश्वर केसी, निरज ऐर, सचिन मल्ल, कृष्ण भट्ट र कृष्ण विष्टले मौका पाएका छन्। वैकल्पिक खेलाडीमा अभिषेक बुढाऐर, नरेन्द्र ऐर, धिरज जैरु र आशिष शाहु छन्। निरज रावललाई प्रशिक्षक र विष्णुराज ओझालाई व्यवस्थापकको जिम्मेदवारी दिइएको छ ।

प्रदेशस्तरीय छनोट कैलालीको फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा चलिरहेको छ। सुदूरपश्चिमका नौं वटै जिल्लाका टिमको सहभागिता रहेको छ। डडेल्धुराले बिहीबार बझाङसँग खेल्ने तालिका रहेको छ। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता कार्तिक १२ गतेदेखि काठमाडौंमा हुँदैछ।

डडेल्धुराको टिमः

सम्बन्धित पाेष्टहरु
Loading...