प्रधानमन्त्रीकै गृहजिल्लाका २० प्रतिशत नागरिक बिजुलीबाट बञ्चित
चामाबासी भन्छन्ः ‘नो इलेक्ट्रिसिटी नो भोट’
- शेर भण्डारी
डडेल्धुराः आगामी मंसिर ४ गते प्रतिनिधि र प्रदेश सभाको निर्वाचन नजिकिँदै छ। राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरू जनतासँग मत माग्न अनेक आश्वासान दिइरहेका छन्। तर, नागरिकहरू पनि उम्मेदवारले दिएको आश्वासनले ढुक्क हुन सकेका छैनन्।
विगतका पूरानै एजेन्डा लिएर गाउँगाउँ पुगिरहेका उम्मेदवारलाई नागरिकहरू पनिसचेत गराउन थालेका छन्। यसैको एक उदाहरण हो, डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ चामाबासी। यहाँका स्थानीयलाई विगतदेखि नै उम्मेदवारले बिजुली पु¥याइदिने आश्वासन दिएपनि अझैं गाउँमा बिजुली पुगेको छैन्।
आश्वासन मात्रै दिने र निर्वाचन जितेपछि न फर्किने गरेको कारण आफूहरूले गाउँमा बिजुली पु¥याए मात्रै मतदान गर्ने अभियान सञ्चालन गरेको चामाका स्थानीय सुरेन्द्र बिष्टले बताए।
उनी भन्छन्, ‘जव निर्वाचन आउँछ। तब मात्रै हाम्रो गाउँमा बिजुली पु¥याइदिने आश्वासन आउँछ। यस पटक त हामीले अभियान नै सञ्चालन गरेका छौं। नो इलेक्ट्रिसिटी नो भोट।’
गाउँमा बिजुलीका पोल पुगेको लामो समय भएको स्थानीय बताउँछन्। केही पोल गाडिएका छन्, केही भुइँमा छरिएका। भुइँमा रहेका केही पोल पुरिँदै गइरहेको बिष्ट बताउँछन्।
गाउँमा पोल त पु¥याइएका छन् तर बिजुली नहुँदा आफूहरू अन्धाकारमै रुमलिन बाध्य भएको स्थानीय किशोर बिष्टले बताए।
गाउँ झिलिमिलि पार्ने र दैनिकी सहज बनाउने सपना साँचेर गाउँलेहरू आफैंले बोकेर गाउँमा पोल पुगाएका थिए। कतिपयले वैकल्पिक ऊर्जाका रूपमा सोलार जोडे पनि अझै अधिकांश स्थानीय टुकी बालेर काम चलाइरहेका छन्।
‘गाउँमा विजुली पुगेको छैन्। मोबाइल फोन चार्ज गर्न पनि समस्या छ। गाउँ नजिकै विद्युत् उत्पादन भएर केही समय सहज भएको थियो तर, अहिले त्यो पनि बिग्रि सकेको छ,’ उनले भने, ‘गाउँमा बिजुली नपु¥याए त हामी यस पटक मतदान गर्दैनौं।’
पटक पटक स्थानीय जनप्रतिनिधि नेता तथा विद्युत् प्रशासनलाई खबर गर्दा पनि चासो नदिएको उत्तम बिष्ट बताउँछन्। बिजुली नहुँदा बिद्यार्थीलाई समेत पढ्न समस्या भएको उनको भनाइ छ।
प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला त्यसैमा सुदूरपश्चिमका सामाजिक विकास मन्त्री गोविन्दराज बोहराको निर्वाचन क्षेत्र भएकोले स्थानीयले बिजुली पु¥याइदिन अनुरोध गरेका छन्।
यता नेपाल विद्युत प्राधिकरण डडेल्धुरा शाखाका प्रमुख राम दिनेश राय यादव भने तार अभावमा बिजुली पुग्न नसकेको बताउँछन्। ‘गत वर्ष हामीले सात वटै स्थानीय तहमा पोल पु¥याएका थियौं। अब केही दिनमा तार आइपुग्छ। त्यसपछि बिजुली पुग्छ,’ उनले भने।
उनका अनुसार डडेल्धुरामा अझै २० प्रतिशत नागरिक बिजुलीबाट बञ्चित रहेका छन्।