Radio Unity 92.2MHz

डडेल्धुराको आलितालमा संयुक्त बजार अनुगमन

डडेल्धुरा: डडेल्धुराको आलितालमा संयुक्त बजार अनुगमन गरिएको छ। आलिताल गाउँपालिकाको संयोजकत्वमा र जिल्ला प्रशासन कार्यालय डडेल्धुरा, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले आलितालका बजारहरूको अनुगमन गरिएको हो।

आलिताल गाउँपालिका–४ घरेलु बजार जालटुँडा, वडा नं. ८ को गोदाम बजार क्षेत्रमा अनुगमन गरिएको छ। अनुगमनका क्रममा म्याद नाघेका खाद्य पदार्थ बरामद गरी नष्ट गरिएको डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी हेमप्रसाद ढकालले बताए।

‘चाडपर्वको बेला हुने कालोबजारी, म्याद नाघेका अखाद्य वस्तु विक्री वितरणसमेत हुने गरेकाले बजार अनुगमन गरेका हौं,’ उनले भने। अनुगमनका क्रममा बजारबाट म्याद नाघेका तेल, सुजी, जुस, नरिवल, मसला, बिस्कुटलगायतका खाद्य तथा पेय पदार्थ बरामद गरिएको उनले बताए। साथै प्लस्टिकबाट निर्तिम फूलका मालाहरू पनि बरामत गरी नष्ट गरिएको बताए।

नेपाल सरकारको निर्देशन अनुसार प्लाटिकका माला बरामत गरि नष्ट गरिएको उनले बताए। अनुगमनमा आलिताल गाउँपालिका उपाध्यक्ष मैनाकुमारी रावल, सहायक प्रजिअ हेमप्रसाद ढकाल , खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका गणेशदत्त जोशी,आलिताल–४ वडा ध्यक्ष कमलसिं बोहरा अलिताल– ८ वडाध्यक्ष धनबहादुर देउवा, उद्योग वाणिज्य संघ डडेल्धुरा सदस्य गोमती बोहरालगायतको सहभागितामा बजार अनुगमन गरिएको हो।

नियमित रूपमा बजार अनुगमन गर्नुपर्ने स्थानीयहरूको भनाइ छ। नियमित रूपमा हुनुपर्ने बजार अनुगमन वर्षको एकचोटि मात्र हुने गरेको उपभोक्ताको आरोप छ।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।