Radio Unity 92.2MHz

अमरगढीमा वडास्तरीय पुरुष भलिबल प्रतियोगिता हुँदै 

डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिका–१ मालममा वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको आयोजना हुने भएको छ। बसन्तपुर युवा क्लब मालमको आयोजनामा यही कार्तिक १२ देखि १३ गतेसम्म भलिबल प्रतियोगिता हुन लागेको हो।

उक्त भलिबल प्रतियोगितामा अमरगढी नगरपालिकाभित्रका ११ वटै वडाका टिम सहभागी हुने आयोजकले जनाएको छ। प्रतियोगितामा पहिलो हुने टिमलाई नगद २० हजार, द्धितीयलाई १२ हजार र तृतीय हुने टिमलाई ७ हजार रुयैयाँ पुरस्कारको व्यवस्था गरिएको क्लबका कार्यबहाक अध्यक्ष सुरत तमोलीले जानकारी दिए।

उनका अनुसार प्रतियोगितामा टिम दर्ता शुल्क २ हजार राखिएको छ। यसका साथै पुरस्कार राशिमा कुनै कर नलाग्ने उनले बताए।

प्रतियोगितामा खेलाडीहरू अनिवार्य रूपमा सम्बन्धीत वडाको हुनुपर्ने तथा खेलाडीहरूले अनिवार्य रूपमा पोशाक लगाउनुपर्ने नियम आयोजकले बनाएको छ। नकआउटका आधारमा खेलाइने प्रतियोगितामा सहभागिताका क्लवले अमरगढीका सम्पूर्ण वडाहरूलाई अनुरोधसमेत गरेको छ।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।