Radio Unity 92.2MHz

गठबन्धनद्वारा जोगबुढामा चुनावी सम्पर्क कार्यालय स्थापना

डडेल्धुरा: संयुक्त बाम लोकतान्त्रिक गठबन्धनले डडेल्धुराको परशुराम नगरपालिका–१२ लालढुङ्गा जोगबुढामा चुनावी सम्पर्क कार्यालय स्थापना गरेको छ। शुक्रबार जोगबुढामा प्रदेशसभा १ को सम्पर्क कार्यालय स्थापन गरिएको हो।

माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज एवं प्रदेशसभा १ मा बाम लोकतान्त्रिक गठबन्धनबाट प्रत्यक्षतर्फका उम्मेदवार खगराज भट्ट र संविधानसभा सदस्य एवं नेपाली कांग्रेसका नेता नरभान कामीले संयुक्त रूपमा सम्पर्क कार्यालयको उद्घाटन गरे।

निर्वाचनका कार्यक्रम सञ्चालन गर्न सहज होस् भन्नका लागि सम्पर्क कार्यालय स्थापना गरिएको नेकपा माओवादी केन्द्र डडेल्धुराका संयोजक उमेशप्रसाद भट्ट ‘विकास’ले जानकारी दिए।

उनकाअनुसार आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि चुनाव प्रचारप्रसारसम्बन्धी गतिविधिहरू सञ्चालन गर्न सम्पर्क कार्यालय सञ्चालनमा ल्याइएको हो। कार्यालयबाट प्रदेश सभा सदस्य १ नम्बर क्षेत्रका लागि निर्वाचन लक्षित कार्यक्रम गरिने उनको भनाइ छ। निर्वाचन नजिकिँएसँगै संयुक्त बाम लोकतान्त्रिक गठबन्धनले चुनावी अभियानलाई तीव्रता दिएको छ।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।