Radio Unity 92.2MHz

यसरी सम्पन्न भयो चौलोले प्रख्यात बडाल जाँत [फोटो फिचर]

डडेल्धुरा: सुदूरपश्चिम प्रदेशकै चौलोले प्रख्यात डडेल्धुराको ‘बडाल जाँत’ सम्पन्न भएको छ। शुक्रबार बेलुकीदेखि पूजाआजासँगै धार्मिक विधिवत रपमा सुरु भएको जाँत आज बेलुकी सम्पन्न भएको हो।

धार्मिक शक्तिसँगै चौलोले प्रख्यात बडाल जाँतमा शुक्रबार बेलुकीदेखि विधिवत रुपमा देवताको पुजाआजा सुरु भएसँगै शनिबार बिहान भागेश्वर देवतालाई गाँजले ढोग गरेपछि दिउँसोको मेला शुभारम्भ भएको थियो।

लाटा गन्याप देवताको भक्ति स्वरूप बनाइने चौलोले प्रख्यात बडाल जाँतमा स्थानीय बाजागाजा, भोक्कर, देवलहरूका भाला, गुर्जा, खुकुरी र तरबार हातहातमा समातेर खेलिने भएकाले यस मेलाले सुदूरपश्चिममा प्रसिद्धि पाएको छ।

शुक्ल नवमीका राति पूजा गरी, जाग्राम बसेर दोस्रो दिन बिहानदेखि लाटागन्याप देवताको दर्शन गरे मनोकामना पूरा हुने भन्ने जनविश्वास रहेको छ। दाइन, दमाहा, रुइसिंग, भोक्कर बाजागाजाका साथ स्थानीय हातमा ढाल तरबार खेलाई चौलो खेल्दै गाँज नचाई सकेपछि बडाल जाँत सम्पन्न हुनेगर्छ।

प्राचीनकालदेखि चलिआएको छलिया जाँत हेरेपछि देवी देवताको दर्शन र आशीर्वाद प्राप्त हुने जनविश्वास छ। मेलामा स्थानीय अन्य गाउँबाट पनि देवरो ल्याउने चलन रहेको छ। कुजाकोट, रुमायल, बडाल, थप्सालगायतको स्थानबाट देवरो आउने गरेको भएपनि मूल देवरो भने मालीगाँउबाट ल्याउने चलन रहेको छ।

ढाल तरबार खेलाइ नाचिने भएकाले बडालको चौलो सुदूरपश्चिमको एक पहिचान बनेको छ। यस मेलामा स्थानीयको उत्पादन पनि साटासाट हुनेगर्छ।   

तस्वीरहरू: धर्म बोहरा

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।