डडेल्धुराः डडेल्धुराको प्रसिद्ध जगन्नाथ मेला खोलेइ जाँत भोलि शनिबार लाग्दैछ। अजयमेरु गाउँपालिका ३ र ४ को सीमा रहेको जगन्नाथ मन्दिरमा भोलि खोलेइ जाँत लाग्ने बताइएको छ।
आज राती रतेडी र भोलि दिसेडी मेला लाग्ने भएको हो। मेला चार ठाउँबाट चौलो आउँछ। मड, चिपुर, चौडी र गुनपालबाट चौलो आउने गरेको जगन्नाथ क्लबका अध्यक्ष तारादत्त भट्टले जानकारी दिए। क्लबले केही दिनअघि मन्दिर क्षेत्रमा रंगरोगन र सरसफाई गरेको थियो।