डडेल्धुराः डडेल्धुरामा रहेको किसान नेता शहीद भीमदत्त पन्तको सालिक युवाहरुले मर्मतसम्भार गरेका छन्। जिल्ला सदरमुकामस्थित बागबजारमा रहेको पन्तको सालिक मर्मतको अभावमा जीर्ण अवस्थामा रहेको थियो।
लामो समयदेखि जीर्ण रहेको सालिक र घेरबार आदर्श युवा क्लबले मर्मत गरेको हो। क्लबका सदस्यहरूले व्यक्तिगत खर्चमा सालिक मर्मत गर्नुका साथै रंगरोहण गरेका हुन्।
नगरपालिकाले गर्ने काम आफूहरुले २५ हजार खर्च गरेर गरेको क्लबका अध्यक्ष आशिष बोहराले बताए। विगतमा पनि विभिन्न सामाजिका कार्य गरेको बताउँदै उनले आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने दाबी गरे।