Radio Unity 92.2MHz

डडेल्धुराका घाइते विष्टलाई ८५ हजार सहयोग रकम हस्तान्तरण

डडेल्धुराः जिल्लाको अमरगढी नगरपालिका–१ का जगतसिंह विष्टको उपचारका लागि ८५ हजार हस्तान्तरण गरिएको छ। आर्थिक संकलन अभियानअन्तर्गत संकलन भएको ८५ हजार बुधबार हस्तान्तरण गरिएको हो।

घाइते जगत विष्टका दाइ देवबहादुर विष्टलाई उक्त सहयोग रकम हस्तान्तरण गरिएको स्वतन्त्र युवा सञ्जालका सुरत तमोलीले जानकारी दिए। अमरगढी नगरपालिका–१ स्थित लटेश्वर आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्षसमेत रहेका विष्ट यहीँ कात्तिक २३ गते आफ्नै खेत जोत्ने क्रममा हाते ट्रयाक्टर दुर्घटना भई घाइते भएका थिए। उनका दुवै खुट्टामा चोट लागेको छ।

उनको आर्थिक अवस्था कमजोर रहेकोले उनको थप उपचारका लागि आर्थिक सहयोग संकलन का लागी अभियान सुरु गरिएको थियो। घाइते विष्टलाई उपचारको लागि डडेल्धुरा अस्पताल ल्याइयो। यहाँ उपचार नभएपछि उनलाई कैलालीस्थित मायामेट्रो अस्पतालमा लगिएको थियो।

त्यहाँ पनि उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौं लगिएको थियो। घाइते विष्टको थप उपचारको लागी सुरत तमोलीको शिद्धार्थ बैंक डडेल्धुरामा रहेको खाता नम्बर ०३११७८४९४१० मा सहयोग गर्न सकिनेछ।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।