Radio Unity 92.2MHz

डडेल्धुरामा निर्वाचनको तयारी अन्तिम चरणमा, मतगणना स्थलमा सिसी क्यामेरा जडान

सुरक्षा व्यवस्था कडा

डडेल्धुरा : डडेल्धुरामा प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको मतगणना हुने स्थान तोकिएको छ ।

डडेल्धुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण बाग्लेका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय, डडेल्धुरा जिल्ला अदालतको भवन  अमरगढी नगरपालिका–५  मा मतगणना हुने भएको हो ।

सबै मतदान केन्द्रमा मतदान भइसकेर मतपेटिका प्राप्त आएपछि मतगणना सुरु हुने बाग्लेको भनाइ छ । उनले मतगणनाका क्रममा हुने आवान्छित घटना रोक्नको लागि मतगणना स्थलमा सिसिटिभी क्यामेरा र तार जालीको प्रवन्ध गरिएको जानकारी दिए ।

डडेल्धुरामा एउटा प्रतिनिधि सभा र दुई वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको छ ।

सुरक्षा व्यवस्था कडा
डडेल्धुरा  प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला हो।

यहाँ  सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्लामा दुई हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको हो । प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरीलाई निर्वाचनका लागि परिचालन गरिएको छ ।

सुरक्षाका लागि दुई हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । तीनवटा घेरा बनाएर सुरक्षा व्यवस्था मिलाएको र मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरामा सेनाले सुरक्षा दिइरहेको प्रजिअ जोशीको भनाइ छ ।

प्रजिअ जोशीका अनुसार निर्वाचनका बेला मोबाइल टोली पनि परिचालन गनेछ भने ‘रिजर्भ टिम’ पनि तयार पारिएको छ । रिजर्भ टिम आवश्यकताअनुसार मात्रै परिचालन हुने उनले जानकारी दिए । डडेल्धुरामा एक सय एक मतदानस्थल छन् । जसमध्ये २३ वटा अति संवेदनशील, ४१ संवेदनशील र ३७ सामान्यमा वर्गीकरण गरिएको छ ।

निर्वाचनको तयारी अन्तिम चरणमा
मुख्य निर्वाचन अधिकृत वाग्लेका अनुसार भोलि हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ ।

जिल्लाका सबै मतदान केन्द्रमा निर्वाचन सामग्री र सुरक्षाकर्मीसहित कर्मचारी पुगिसकेका छन् । कर्मचारी मतदान केन्द्रमा पुगेर सर्वदलीय बैठक पनि भइसकेका छ भने बुथ निर्माणको कार्य पनि अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।

डडेल्धुरामा प्रतिनिधिसभातर्फ प्रधानमन्त्री देउवासहित आठजना उम्मेदवार छन् । यस्तै दुई प्रदेशसभा सदस्यका लागि १२ जना उम्मेदवार छन् ।

सम्बन्धित पाेष्टहरु
Loading...