डडेल्धुरा: डडेल्धुराका युवा व्यावसायी लालमणी पन्त उत्कृष्ट करदाता बनेका छन्। जिल्लाबाट सबैभन्दा बढी आयकर दाखिला गरेका पन्तलाई आन्तरिक राजश्व कार्यालय डडेल्धुराले सम्मानित गरेको छ।
११औँ राष्ट्रिय कर दिवसका अवसरमा कार्यालयले पन्तलाई सम्मान गरेको हो। आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा बढी आयकर दाखिला गरेकाले जिवी एल हार्डवयर प्रालि डडेल्धुरालाई सम्मानति गरिएको आन्तरिक राजश्व कार्यालयले जनाएको छ। कर तिर्नु प्रत्येक नागरिकको नैतिक कर्तव्य मात्र नभएर समृद्ध राष्ट्र अनि समुन्नत समाजको जग पनि भएको प्रालिका प्रवन्ध निर्देशक पन्तले बताए।
प्रालि स्थापना भएको ३ वर्षमा नै डडेल्धुरा जिल्लामा सबैभन्दा बढी कर तिरी उत्कृष्ट करदाताका रूपमा सम्मानित हुन सफल भएको हो। उनले इमानदारिताको उचित मूल्यांकन गर्दै हरेक समय आफू उचित परामर्श दिएर सहयोग गर्ने र उत्कृष्ट करदाता घोषणा गर्ने आन्तरिक राजश्व कार्यालयलाई पनि धन्यावाद दिए।