डडेल्धुराः डडेल्धुरा प्रदेशसभा–१ मा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का खगराज भट्टले लिइरहेका छन्। १०,९१७ गन्दा भट्टले ५,०२० मत ल्याएका छन्।
उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका पठानसिंह बोहराले ४,०३३ मत पाएका छन्। यी दुईबीच ९८७ मतको मतान्तर रहेको छ।
यस्तै, स्वतन्त्र उम्मेदवार महेशसिंह धामीले ९२६, राप्रपाका पदमराज जोशीले २९४ र धनबहादुर बोहराले ७२ मत पाएका छन्। ५७२ मत बदर भएका छन्। परशुराम नगरपालिकाको मत गणना भइरहेको बनाइएको छ।