डडेल्धुराः डडेल्धुरा प्रदेशसभा–२ मा स्वतन्त्र उम्मेदवार ताराप्रसाद जोशी विजयी भएका छन्। उनले जोशीले ११ हजार १ सय ६२ मत ल्याउँदै प्रदेशसभा सदस्यमा निर्वाचन भएका हुन्।
उनका प्रतिस्पर्धी वाम–लोकतान्त्रिक गठबन्धन नेपाली काँग्रेसका उम्मेदवार गोविन्दराज बोहरालाई ४२५ मतले पराजित गरेका हुन्। उनका निकटतम् प्रतिद्वन्दी बोहराले १० हजार ७ सय ३७ मत ल्याए।
०७४ सालको निर्वाचनमा यहाँ नेपाली काँग्र्रेसका कर्णबहादुर मल्ल विजयी भएका थिए। वाम गठबन्धनका तत्कालीन उम्मेदवार ताराप्रसाद जोशीलाई ३५६ मतले पछि पार्दै विजयी भएका थिए। मल्लले १३ हजार ४ सय १३ मत प्राप्त गर्दा जोशीले १३ हजार ५५ मत पाएका थिए।