डडेल्धुराः अर्जेन्टिनाले कतारमा आयोजना भएको फिफा विश्वकप फुटबलको उपाधि जितेको छ।
आइतबार राति भएको फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो।
अर्जेन्टिनाले तेस्रो पटक विश्वकपको उपाधि जितेको हो। अर्जेन्टिनाले यस अघि सन् १९७८ र १९८६ मा विश्वकपको उपाधि थियो। आफ्नो अन्तिम विश्वकप खेल्दै ३५ वर्षीय लियोनल मेस्सीले अर्जेन्टिनालाई च्याम्पियन बनाए।
अहिले मेस्सीलाई विश्वका महान् फुटबल खेलाडीमा गनिन्छ। तर, एक समय यस्तो थियो जब मेस्सी आफैंले फुटबलको दुनियाँमा यति ठूलो नाम बन्छ भन्ने सोचेका थिएनन्।
सन् १९८७ मा मेस्सीको जन्म एक मध्यमवर्गीय परिवारमा भएको थियो। उनको बुबा कारखानामा काम गर्थे भने आमाले ‘क्लिनर’को रूपमा काम गर्थिन्। मेस्सीका बुबा फुटबल क्लबका प्रशिक्षक थिए।
त्यसैले फुटबल मेस्सीको रगतमा थियो। केवल पाँच वर्षको उमेरमा, मेस्सी एक फुटबल क्लबमा प्रवेश गरे। जहाँ उनले खेलको आधारभूत कुराहरू सिके।
आठ वर्षको उमेरमा, मेस्सी ‘नेवेल ओल्ड ब्वाइज क्लब’मा सामेल भए। मेस्सीले फुटबलको संसारमा आफ्नो दिमाग सेट गर्दै थिए जब उनलाई ‘ग्रोथ हर्मोन’ कमी भएको पत्ता लाग्यो।
यस रोगबाट पीडित बालबालिकाको शारीरिक विकास रोकिन्छ र उनीहरु बौना रहन्छन्।
मेस्सीले विश्व फुटबलमा आफ्नो झलक देखाएका थिए। रिभर प्लेट उसलाई लिन इच्छुक थियो तर उनको उपचार खर्च गर्न सकेन्। मेस्सीको रोगबारे थाहा पाएपछि उनको परिवार चिन्तित बनेको थियो।
यसैबीच बार्सिलोनाले युवा फुटबल खेलाडीका लागि ट्यालेन्ट हन्ट कार्यक्रम सुरु गरेको थियो र त्यसमा मेस्सी छनोट भएका थिए। त्यसपछि मेस्सीको उपचारको पूरा खर्च बार्सिलोनाले व्यहोरेको थियो। र, उनलाई सो रोगले कुनै असर गर्न पाएन्।
मेस्सीले व्यावसायिक फुटबलमा पाइला टेक्दै गर्दा उनलाई युरोपमा बस्न करिब एक वर्ष लाग्यो। उनी अर्जेन्टिनाको बी टोलीको हिस्सा बने र लगभग हरेक खेलमा गोल गरे। मेस्सी यो टोलीमा १४ वर्ष रहे।
मेस्सीले १७ वर्षको उमेरमा बार्सिलोनाबाट डेब्यू गरेका थिए। उनले २००४ मा डेब्यू गरे र क्लबबाट खेल्ने तेस्रो कान्छो खेलाडी बने। मे २००५ मा, मेस्सीले बार्सिलोनाको मुख्य टोलीका लागि आफ्नो पहिलो गोल गरे।
सो समय उनलाई बार्सिलोनाले सिनियर खेलाडीको रुपमा अनुबन्ध गरेको थियो।
त्यसपछि भने मेस्सीले फर्केर हेर्नु परेको छैन्। मेस्सीले बार्सिलोनाका लागि अहिलेसम्म सात पटक बालोन डी’ओर, छ पटक युरोपियन गोल्डेन बुट र ३५ पटक उपाधि जिताएका छन्। उनले ला लिगामा ४ सय ७४ गोल गरेका छन्।
उनले बार्सिलोनाका लागि ६७२ गोल गरेका छन्। मेस्सी पहिलो पटक २००६ को विश्वकपमा देखा परेका थिए। त्यसयता उनले विश्वकपमा सबैभन्दा बढी २६ खेल खेलेका छन्। यस अवधिमा उनले अर्जेन्टिनाका लागि सर्वाधिक १३ गोल गरेका छन्।
मेस्सीले २२ वर्षको उमेरमा पहिलो बालोन डी’ओर उपाधि जितेका थिए। सन् २०२१ मा उनी बार्सिलोनाबाट अलग भएका थिए। सन् २००८ मा, मेस्सीले अर्जेन्टिनालाई बेइजिङ ओलम्पिकमा स्वर्ण पदक दिलाएका थिए।
तर, २०१० को विश्वकपमा उनले कुनै गोल गर्न सकेनन् र उनको टोलीले पनि हार बेहोरेको थियो।
२०१४ मा, उनको टोली विश्वकपको फाइनलमा जर्मनीसँग पराजित भयो। फाइनल खेलमा पराजित भएपछि मेस्सी मैदानमै रोएका थिए। मेस्सीको अन्तिम इच्छा सन् २०२२ मा विश्वकप जित्ने थियो, जुन उनले पूरा गरे।