Radio Unity 92.2MHz

पुइलेक विमानस्थल बारे सुदूरपश्चिम महोत्सवमा २१ हजारभन्दा बढी जानकारी पत्र वितरण

धनगढीः डडेल्धुराको अजयमेरु गाउँपालिका–१ समैजीमा निर्माणको प्रक्रियामा रहेको पुइलेक विमानस्थल बारे सुदूरपश्चिम महोत्सवमा २१ हजार भन्दाबढी जानकारी पत्र वितरण गरिएको छ।

महोत्सवमा डडेल्धुरा प्रदेश (ख) बाट निर्वाचित डा. तारा जोशीको सचिवालयको सहयोगमा बोल्यान्या थलीद्वारा जानकारी पत्र वितरण र हस्ताक्षर संकलन गरेको थियो।

डडेल्धुरामा एयरपोर्ट निर्माणको चर्चा मात्र हुने गरेको र चर्चामा मात्र सिमित नहोस भन्ने उदेश्यले सुदूरपश्चिम महोत्सवमा धार्मिक, सांस्कृतिक पहिचान बोकेको पुईलेक एयरपोर्ट निर्माणले डडेल्धुरासहित सुदूरपश्चिमका पहाडी जिल्लाको रमणीय पर्यटकीय क्षेत्र, धार्मिक क्षेत्रको प्रवर्द्धन हुने गरे जानकारी पत्र मार्फत जानकारी गरिएको बोलन्या थलीका संयोजक यादव जोशीले बताए।

उक्त अभियानमा २१ हजारबढी जानकारी पत्र वितरणसंगै हस्ताक्षर संकलन पनि गरिएको उनले बताए।

सम्बन्धित पाेष्टहरु
Loading...