Radio Unity 92.2MHz

केशव साउँद बने सबैभन्दा कान्छो विव्यस अध्यक्ष

डडेल्धुराः डडेल्धुराको आलिताल गाउँपालिका–७ मेलगाँजामा रहेको गौरीशंकर माध्यामिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा केशवबहादुर साउँद चयन भएका छन्। विद्यालयमा आइतबार सम्पन्न भेलाले २६ वर्षीय साउँदलाई अध्यक्ष चुनेको हो।

विद्यालय व्यवस्थापन समितिको सदस्यमा वीरबहादुर बोहरा (वडा प्रतिनिधि), सरस्वती साउँद, भागरथी बोहरा, गजेन्द्र कामी, गणेशबहादुर महरा, लिलादेवी बोहरा, नरेश भाट (प्रअ) र नवराज साउँद (शिक्षक प्रतिनिधि) चयन भएका छन्।

विद्यालयको स्थानपन वि.सं २०३२ सालमा स्थापन भएको थियो। ४७ वर्षे उक्त विद्यालयको इतिहासमा उनी सबैभन्दा कान्छा विव्यस अध्यक्ष हुन्।

अध्यक्ष साउँदले विद्यालयको शैक्षिक गुणस्तरवृद्धि तथा भौतिक पूर्वाधार विकास लागि आफूले पहल गर्ने बताए। अध्यक्ष बनेका केशव सोही विद्यालयका पूर्व विद्यार्थीका साथै शिक्षक (करार) समेत हुन्।

सम्बन्धित पाेष्टहरु
Loading...