Radio Unity 92.2MHz

हाइलाइफ फुड्स बुटवलद्वारा उग्रतारा बेदविद्याश्रमलाई चिउरा सहयोग

डडेल्धुराः हाइलाइफ फुड्स प्रालि बुटवलले उग्रतारा बेदविद्याश्रम डडेल्धुरालाई चिउरा सहयोग गरेको छ। हाइ लाइफ फुड्सका प्रतिनिधि अर्जुन जोशीले मंगलबार विद्याश्रममा अध्ययनरत विद्यार्थीका लागि ४२ केजी चिउरा प्रदान गरेका हुन्।

विद्याश्रममा अध्ययनरत विद्यार्थी बटुकहरूलाई खाजा–नास्ताका लागि हाइ लाइफ कुरुम–कुरुम चिउरा प्रदान गरिएको कम्पनीका प्रतिनिधि जोशीले बताए। यस सहयोगका लागि बेदविद्याश्रमले हाइलाइफ फुड्सलाई धन्यावद दिँदै प्रगतिको कामना गरेको छ।

सम्बन्धित पाेष्टहरु
Loading...