Radio Unity 92.2MHz

परशुराममा हात्तीको बथान पस्यो, सतर्क रहन आग्रह

डडेल्धुराः डडेल्धुराको भित्रि मधेश क्षेत्र अन्र्तगत परशुराम नगरपालिकामा हात्तीको बथान प्रवेश गरेको छ। नेपाल भारत सिमा क्षेत्र महाकाली नदी भएर गएराती हात्तीको बथान प्रवेश गरेको हो।

परशुराम नगरपालिका–६ को थकाइलाशैन सामुदायिक वन क्षेत्रमा हात्तीको बथान प्रवेश गरेको देखिन सुनिन आएकोले सतर्कता अपनाउन वडा कार्यालयले अनुरोध गरेको छ।

वडाअध्यक्ष खगेन्द्रबहादुर सिंहले अनाधिकृत हिसावले जंगल प्रवेश, चाहार लगाउने जस्ता कार्य नगर्न नगराउन र आवत जावत गर्दा सतर्कता अपनाउन अनुरोध गरेका छन्।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।