Radio Unity 92.2MHz

समाजसेवी मल्लले गरे शिवालय क्षेत्र विकास समितिलाई सहयोग

डडेल्धुरा: समाजसेवी विनयप्रकाश मल्लले शिवालय क्षेत्र विकास समितिलाई सहयोग गरेका छन्।

मल्लले स्थानीय नरेन्द्रबहादुर कठायतमार्फत् अमरगढी गरपालिका–४ मा स्थित शिवालय क्षेत्र विकास समितिलाई ११ हजार ११९ रुयैयाँ सहयोग गरेका हुन्। महाशिवरात्रिमा भक्तजनहरूलाई चियापानको व्यवस्थापन गर्नका लागि उक्त सहयोग गरिएको मल्लले बताए।

शिवालय क्षेत्र विकास समितिका अध्यक्ष गोरख बोगटी र सचिव जयराज पनेरुलाई भेटेर शिवलय मन्दिरमै सो सहयोग रकम कठायतले हस्तान्तरण गरेका हुन्। लामो समयदेखि जपानमा रहेका मल्लले डडेल्धुराका विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेका छन्।

सम्बन्धित पाेष्टहरु
Loading...