काठमाडौंः जागृत रायमाझीको शब्द संगीतमा रहेको ‘ छुकछुक छुकछुक’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। फागुन ६ गते शनिबार ओएसआर युट्युब च्यानलमार्फत् उक्त गीत सार्वजनिक भएको हो।
रायमाझीको रचना तथा संगित रहेको सो गीतमा सुरज पण्डितको आवाज रहेको छ। त्यस्तै संगीत संयोजनमा आभास श्रेष्ठ, मिक्सिङमा फिरोज बज्रचार्य,टुङ्गनामा छेवाङ तेन्जिङ योन्जन,मुर्चुङ्गामा हिरण राई,मादलमा पोषण घर्ती मगर,बाँसुरीमा रत्न विश्वकर्मा र सारङ्गीमा धर्म गन्धर्व रहेका छन्।
मल्लाज प्रोडक्सनको प्रस्तुतीमा निर्माण भएको उक्त म्युजिक भिडियोको कथा/निर्देशन केदार श्रेष्ठले गरेका छन् भने कार्यकारी निर्मातामा भानुभक्त थापा रहेका छन्। स्वयम मास्के मानन्धरको छायांकन रहेको छ भने सम्पादन प्रतिक सिंले गरेका छन्।
म्यूजिक भिडियोमा सुरज पण्डित, सबिना गोपाली, सेबिता अधिकारी, शंकर भण्डारी, शक्ति राई, रेजिना बस्नेत, होमबहादुर आचार्य, अदिति आचार्यलगायतको अभिनय छ।
विशेष गरी म्युजिक भिडियोमा देशमा भएका बेथितिले गर्दा लाखौँ युवाहरू रोजगारीकै लागि विदेशिनु पर्ने अहिलेको अवस्था रहेको यथार्थलाई प्रस्तुत गरेको छ। साथै विदेशमा पलायन भएका युवाहरुलाई नेपालमै आएर यहाँ भइरहेका बेथितिहरूविरुद्ध आवाज उठाउन आह्वानसमेत गरेको छ।