डडेल्धुरा: बैंक तथा वित्तीय संस्थाहरूले चर्को ब्याजविरुद्ध डडेल्धुराका उद्योगी व्यवसायी आन्दोलनमा उत्रिएका छन्। डडेल्धुरा उद्योग वाणिज्य संघको नेतृत्वमा उद्योगी, व्यापारीहरू आन्दोलनमा उत्रिएका हुन्।
उद्योग वाणिज्य संघ, वस्तुगत संघ, नागरिक समाज र उद्योगी व्यवसायीहरूको उपस्थितिमा सोमबार बसेको बैठकले आन्दोलन गर्ने निर्णय गरेको हो। सोही निर्णयका आधारमा उद्योग वाणिज्य संघले पत्रकार सम्मेलनको आयोजना गर्दै भोलिदेखि चरणबद्ध आन्दोलन गर्ने जानकारी गराएको हो। डडेल्धुरा उद्योग वाणिज्य संघका अध्यक्ष द्विजराज भट्टले १६ गतेदेखि देखि १८ गतेसम्म चरणबद्ध आन्दोलन गरिने बताए।
उनका अनुसार प्रत्येक दिन बिहान ११ बजेसम्म बजार बन्द गर्ने, १७ गते बैंकमा धर्ना दिने, १८ गते कुनै पनि बैंकमा बचत नगर्ने (नो डिपोजिट) र त्यसपछि थप आन्दोलनका कार्यक्रम तय गर्ने निर्णय भएको छ। लामो समयदेखि आन्दोलन गर्दा पनि सरकारले सुनुवाइ नगरेपछि बजार नै बन्द गरेर आन्दोलनमा उत्रिनुपरेको उनले बताए। आन्दोलित भएका डडेल्धुराका व्यवसायीहरू विभिन्न ९ वटा मागसमेत अघि सारेका छन्।
डडेल्धुरामा रहेको शिवशिखर सहकारी संस्था लिमिटेडले जिल्लाका व्यवसायी र सर्वसाधारणबाट संकलन गरेको निक्षेप रकम निमयमानुसार फिर्ता गर्न जोडदार माग गरिएको छ। डडेल्धुरामा रहेका लघुवित्त संस्थाले लिने अस्वभाविक ब्याज र सेवा शुल्कका कारण धेरैको उठिबास भइरहेकाले आवश्यक अनुगमन गरी नियमानुसार सञ्चालनको माग यहाँका व्यवसायीहरूको छ।
डडेल्धुराका व्यवसायीका ९ माग