Radio Unity 92.2MHz

परशुराममा ‘भित्रीमधेश कृषि पर्यटन तथा सांस्कृतिक महोत्सव’ सुरु

डडेल्धुराः डडेल्धुराको परशुराममा ‘भित्रीमधेश कृषि पर्यटन तथा सांस्कृतिक महोत्सव २०७९’ सुरु भएको छ। ‘कृषि पर्यटन, उद्योग र व्यापार : समृद्ध भित्रीमधेशको आधार’ भन्ने मुल नाराका साथ सोमबारदेखि महोत्सव सुरु भएको हो।

परशुराम नगरपालिका–१२ जोगबुढाको परशुराम रंगमैदानमा सुरु भएको महोत्सवको सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले पानसमा बत्ती बालेर उद्घाटन गरे।

महोत्सवको उद्घाटनमा सुदूरपश्चिम प्रदेशसभा सदस्य डा. ताराप्रसाद जोशी र सरस्वती खड्काको पनि उपस्थिति रहेको थियो। यसका साथै कार्यक्रममा स्थानीयत तहका प्रमुखहरूको पनि सहभागिता थियो।

जोगबुढा उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको महोत्सव फागुन २५ गतेसम्म संचालन हुनेछ। महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ। महोत्सवमा स्थानीय उत्पादन र खानाका परिकारलाई विषेश प्राथिकतामा राखिएको उद्योग वाणिज्य संघ जोगबुडाका अध्यक्ष जनक बोहराले बताए।

महोत्सवमा मंगलबार गायिक मञ्जु पौडेल, देउडा गायक लालबहादुर धामी ‘अछामी बड्डो’ र मोडल तथा डान्सर अनुष्का भण्डारीको प्रस्तुति रहने आयोजकले जनाएको छ। स्थानीय कलाकारलाई पनि अवसर दिइने अध्यक्ष बोहराले बताए।

सम्बन्धित पाेष्टहरु
Loading...