Radio Unity 92.2MHz

डडेल्धुरामा बदेलको आक्रमणबाट एक जनाको ज्यान गयो

डडेल्धुराः डडेल्धुरामा बदेलको आक्रमणबाट एक जनाको ज्यान गएको छ।

आइतबार बिहान बदेलको आक्रमणबाट जिल्लाको अमरगढी नगरपालिका–३ डोटी घटालस्थित गुजरलेकका ५२ वर्षीय गणेश पल्लेको ज्यान गएको हो।

पल्ले आज बिहान खेतमा गोरु डो¥याउन गएको बेला बदेलको आक्रमणबाट परेका थिए।  स्थानीयका अनुसार उनको घटनास्थलमै मृत्यु भएको हो।

यता, डडेल्धुराका प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्टले घाइते पल्लेको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको बताए। मृतक पल्लेको शव पोष्टमार्टमका लागि डडेल्धुरा अस्पतालमा राखिएको छ।

बदेलको आक्रमणले मानिसको ज्यान नै गएपछि स्थानीय त्रसित बनेका छन्।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।