डडेल्धुराः सुदूरपश्चिम प्रदेश सरकारले नेपाललाई विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट गराउन महत्वपूर्ण भूमिका खेल्ने ५ क्रिकेटरलाई नगद पुरस्कार दिने घोषणा गरेको छ।
नेपाल ओडीआई लिग डिभिजन २ अन्तर्गत अन्तिम खेलमा यूएईलाई ९ रनले हराउँदै विश्वकप क्रिकेट क्वालिफायरमा सीधै छनोट हुन सफल भएको थियो।
नेपाली टोलीलाई विशेष धन्यवाद दिँदै सुदूरपश्चिम प्रदेश सरकारले प्रमुख खेलाडी दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई जनही २ लाख रुपैयाँ दिने निर्णय गरेको हो भने टिममा परेका खेलाडी सन्दीप जोरालाई १ लाख र अन्तिम १८ मा पर्न सफल कमलसिंह ऐरी र अर्जुन सावदलाई जनही ५० हजार रुपैयाँ दिने घोषणा गरेको हो।
यसअघि पनि प्रदेश सरकारले यूएईमा २०२३ मार्चमा सम्पन्न भएको आईसीसि यू १९ वर्ल्ड कपमा सहभागी खेलाडी र अफिसियललाई सम्मान गर्ने बताएका थियो ।
खेलाडीलाई जनही १ लाख र अफिसियललाई ५० हजारका दरले सम्मान गरिने सरकारले घोषणा गरेको थियो।