Radio Unity 92.2MHz

परशुराममा दुई महिनामै नयाँ ‘हाकिम’, अर्यालको ठाउँमा खत्री आउँदै

डडेल्धुराः डडेल्धुराको परशुराम नगरपालिकामा दुई महिनामै नयाँ प्रमुख प्रशासकीय अधिकृत आउने भएका छन्।

पदमप्रसाद अर्याल नगरपालिकामा हाजिर भएको दुई महिना नपुग्दै नयाँ प्रमुख प्रशासकीय अधिकृत आउने भएका हुन्। उनी गत फागुन ३० गते नगरपालिकामा हाजिर भएका थिए।

अर्यालको स्थानमा आइतबार संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयलले खडानन्द खत्रीलाई खटाएको छ। संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयलमा कार्यरत उपसचिव खत्री परशुरामको नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा आउने भएका हुन्। जुम्ला घर भएका खत्री हालै उपसचिव बनेका थिए।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।