Radio Unity 92.2MHz

एमाले डडेल्धुराले बलियो कम्युनिष्ट पार्टी निर्माण गर्न संवाद अगाडि बढाउने

डडेल्धुरा: नेकपा एमाले डडेल्धुराले बलियो कम्युनिष्ट पार्टी निर्माणका लागि संवाद अगाडि बढाउने भएको छ।

सोमबार एक प्रेस विज्ञाप्ति जारी गर्दै सो पार्टीले डडेल्धुरा जिल्लामा विगतको अनुभव र घटनाक्रमबाट शिक्षा लिँदै आगामी चुनौतीसँग सामना गर्न एकतावद्ध र बलियो कम्युनिष्ट पार्टी निर्माणको लागि सहमति पहिल्याउन आवश्यक संवाद अगाडि बढाउन पहलकदमी लिने निर्णय गरेको जनाएको हो

वैशाख २३ जिल्ला संयोजक गजेन्द्र शाहीको अध्यक्षता र नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य तथा डडेल्धुरा जिल्ला इन्चार्ज पठानसिंह बोहराको प्रमुख आतिथ्यतामा पार्टी कार्यालयमा बसेको बैठकले विगतको समीक्षासहित आगामी कार्ययोजना निर्माण गर्दै महत्वपूर्ण निर्णय गरेको प्रेस विज्ञाप्ति उल्लेख छ।

बैठकले प्रगतिशील बाम शक्तिहरू टुट–फूट र विभाजनबाट होइन एकता तथा सहकार्यको माध्यमबाट मात्रै राष्ट्र, राष्ट्रियता, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, आर्थिक समृद्धि, समाजिक न्याय र आम नेपाली जनताको परिवर्तनको चाहना पूरा हुनसक्ने निष्कर्ष निकालेको जिल्ला संयोजक शाहीले बताए। सो पाटीले प्रेस विज्ञप्तिमार्फत् जिल्लामा रहेका विभिन्न कम्युनिष्ट पार्टी तथा प्रगतिशील व्यक्तिहरूलाई नेकपा (एमाले) मा गोलबन्द हुन सबैमा अपिलसमेत गरेको छ।

प्रेस विज्ञाप्ति

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।