डडेल्धुरा: सनराइज बैंकले डडेल्धुरा शाखाले डडेल्धुरा बजारमा प्रहरी बिट निर्माण गरेको छ। बिहीबार एक कार्यक्रमकाबीच बैंकले अमरगढी नगरपालिका–५ बागबजारमा प्रहरी बिट निर्माण गरेको गरेको हो।
संस्थागत सामाजिक उत्तरदायित्व कार्यहरू गर्दै गर्ने क्रममा बजार अर्थात् बसपार्क क्षेत्रमा सर्वसाधारण र त्यहाँ चल्ने यातायातको सुरक्षाको लागि एक थान बिट निर्माण गरेको बैंकका शाखा प्रबन्धक गणेशसिंह साउदले जानकारी दिए।
उनकाअनुसार अमरगढी नगरपालिका, वडा कार्यालय र प्रहरीसँग समन्वय गरी प्रहरी बिट निर्माण गरिएको हो।
बैंकका नायव महाप्रबन्धक रबिन कुमार नेपालले प्रहरी बिट हस्तान्तरण गरेको साउदको भनाइ छ।
बैंकले गरेको यो सहयोगले प्रहरी जाँच र राजमार्गमा यात्रा गर्ने यात्रुहरूलाई सुरक्षा र सहजता हुने विश्वास लिएको डीएसपी मनोहरप्रसाद भट्टले बताए।
उक्त प्रहरी बिट हस्तान्तरण कार्यक्रममा अमरगढी नगरपालिका–५ का वडाअध्यक्ष टंकप्रसाद क्षेत्री, प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्ट, व्यापारी, पत्रकार र सर्वसाधारणरको उपस्थिती रहेको थियो।
साथै, बैंकले आगामी दिनहरूमा पनि यस्ता किसिमका सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गर्ने जनाएको छ।