डडेल्धुराः डडेल्धुराको साहुँखर्कका ‘खिर बाजे’को निधन भएको छ। साहुँखर्कमा रहेको ‘बाजेको खिर पसल’का सञ्चालक शेरबहादुर देउवाको निधन भएको हो।
जिल्लाको गन्यापधुरा गाउँपालिका–१ निवासी उनको ७२ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। २०३२ सालदेखि भिमदत्त राजमार्ग भएर ओहोरदोहोर गर्ने यात्रीहरूलाई स्वादिष्ट खिर खुवाउँदै आएका देउवा देशभरमै चर्चित व्यक्ति थिए।
उनले उक्त व्यवसाय सुरु गरेपछि नै आजभोलि साहुँखर्कमा अन्य खिर पसल पनि सञ्लालनमा आएका छन्। ३१ वर्षदेखि खीर बेच्दै आएका देउवाको हातले बनेको खिर अब कसैले चाख्न पाउने छैनन्। उनको निधनप्रति गन्यापधुरा गाउँपालिका गणेशपुरले समवेदना प्रकट गरेको छ।