Radio Unity 92.2MHz

सहायक निरीक्षक धामी बने वैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी

डडेल्धुरा: जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) उमेशकुमार धामी २०८० वैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन्।

शुक्रबार डडेल्धुराका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले महिनाको सर्वोत्कृष्ट प्रहरी घोषितको प्रमाणपत्र दिँदै सम्मान गरेका हुन्।

लागुऔषधको ओसारपसार तथा बिक्री वितरणमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिन विशेष योगदान पु¥याउनुका साथै समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न स्थानहरूमा जनचेतनामुलक कार्यक्रमहरू सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले धामीलाई सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको डीएसपी भट्टले बताए।

भट्टका अनुसार आम नागरिकहरूमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउनेतर्फ प्रशंसनीय कार्य गरेकोले उनलाई सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको हो।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराले संगठनको नीति निर्देशन बमोजिम दिइएको जिम्मेवारी तथा पदीय दायित्वलाई विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्नेलाई सर्वोत्कृष्ट प्रहरी घोषित गर्दै आएको छ।

नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगर कञ्चनपुर दरबन्दी भएका धामी हाल अढाई वर्षदेखि यहाँ कार्यरत छन्। बैतडीको सिगास गाउँपालिका–५ खैरकोट घर भएका धामीले पढाइमा स्नातक गरेका छन्।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।