Radio Unity 92.2MHz

नेपाल हृदय रोग निवारण प्रतिष्ठान डडेल्धुराको सभापतिमा ऐर

डडेल्धुरा: नेपाल हृदय रोग निवारण प्रतिष्ठान डडेल्धुरा शाखा सभापतिमा सुरेन्द्रसिंह ऐर चयन भएका छन्।

शनिबार सम्पन्न पहिलो जिल्ला अधिवेशनबाट ऐर सर्वसम्मत सभापतिमा चुनिएका हुन्। ऐर जिल्ला सदरमुकामको महेन्द्र माविका प्रधानाध्यापकसमेत हुन्।

कार्यसमितिको सदस्यमा मदनरजा चटौत, सुभाष भट्ट, मेखराज भट्ट, पार्वती गुरुङ, अशोक बम, सुरेन्द्रबहादुर भण्डारी, नरेशबहादुर थापा, डम्बरबहादुर भण्डारी, हरिपृया गैराल, टेकराज पाण्डेय, तुलक्षी पाण्डेय जोशी चयन भएका छन्।

केन्द्रीय समितिको आयोजनामा ६ जना हृदय रोग विशेषज्ञको टिमले महेन्द्र माविका १४ सय विद्यार्थीहरुमध्ये उपस्थित ११ सय बढी विद्यार्थीहरुका साथ करिब एक सय जना अभिभावकहरूको मुटु स्क्रिनिङ्ग गरिएको बताइएको छ।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।