Radio Unity 92.2MHz

संघले डडेल्धुराका स्थानीय तहमा पठायो २ अर्ब २७ करोड बजेट, कुन पालिकामा कति?

डडेल्धुरा: संघीय सरकारले डडेल्धुराका स्थानीय तहमा बजेट घटाएर पठाएको छ। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लासमेत रहेको डडेल्धुरामा आगामी आर्थिक वर्षका लागि अन्तर सरकारी वित्तीय हस्तान्तरणतर्फ बजेट घटेको हो।

दुई नगरपालिका र पाँच गाउँपालिका गरी सात स्थानीय तह रहेको डडेल्धुराले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २ अर्ब २७ करोड १६ लाख रुयैयाँ बजेट पाएको छ।

चालु आर्थिक वर्षमा डडेल्धुराले लागि २ अर्ब ५९ करोड ७२ लाख रुयैयाँ बजेट पाएको थियो । चालु आर्थिक वर्षभन्दा आगामी आर्थिक वर्षको बजेट ३२ करोड ५६ लाखले घटेको हो ।

जिल्लामा सबैभन्दा बढी परशुराम नगरपालिकाले पाएको छ। उसले ४६ करोडल ४७ लाख रुपैयाँ पाएको हो। परशुरामले चालु आर्थिक वर्षका लागि ४८ करोड ६ लाख बजेट पाएको थियो। अमरगढी नगरपालिकाको बजेट ह्वातै घटेको छ।

अमरगढीले ३४ करोड ६७ लाख बजेट पाएको छ। चालु आवमा सो नगरपालिकाले ५० करोड ४४ लाख बजेट पाएको थियो। गाउँपालिकातर्फ सबैभन्दा बढी अजयमेरु गाउँपालिकाले ३२ करोड ५३ लाख रुयैयाँ पाएको छ। चालु आवमा सरकारले अजयमेरुलाई ३६ करोड ९२ लाखले पठाएको थियो।

अजयमेरुपछि संघीय सरकारबाट आलिताल गाउँपालिकाले २९ करोड ५७ लाख, भागेश्वर गाउँपालिकाले २९ करोड १९ लाख, नवदुर्गा गाउँपालिकाले २८ करोड ८२ लाख र सबैभन्दा कम पूर्वप्रधानमन्त्री देउवाको गृहगाउँपालिका गन्यापधुराले २५ करोड ९१ लाख रुपैयाँ बजेट पाएको छ।

चालु आर्थिक वर्षमा आलितालले ३२ करोड ७८ लाख, नवदुर्गाले ३१ करोड ४३ लाख, भागेश्वरले ३१ करोड ५१ लाख र गन्यापधुराले २८ करोड ९४ लाख रुयैयाँ बजेट प्राप्त गरेका थिए।

सम्बन्धित पाेष्टहरु
Loading...