Radio Unity 92.2MHz

डडेल्धुरामा एक बालिकाको शव फेला

डडेल्धुरा: डडेल्धुरामा एक बालिकाको शव फेला परेको छ। मंगलबार नवदुर्गा गाउँपालिका–५ लम्पाटीका लक्ष्मण विककी १० वर्षीया छोरी सानु विक मृत फेला परेकी हुन्।

प्रहरीका अनुसार बाख्रा चराउन जंगल गएकी उनी राति घर नआएपछि खोजतलास सुरु गरिएको थियो। अस्थायी प्रहरी पोष्ट ठाँटाबजारबाट खटिएको प्रहरी टोलीले सानुलाई आज (बुधबार) बिहान घरभन्दा एक किलोमिटर दूरीको जंगलमा मृत फेला पारेको हो। अहिले घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।